कपिलवस्तु ।
कपिलवस्तुको वाणगंगा नगरपालिका-१० भावपुरबाट ५ जना जुवाडे र होटल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालयल पिपराका अनुसार उनीहरुको साथबाट २ लाख ५६ हजार दुई सय नब्बे रुपैयाँ नगद, ६ थान मोबाइल सेट र ३ गड्डी तास समेत बरामद भएको छ ।
स्थानीय दिनेश थारुले संचालन गरेको रोयल सिटी कटेज एण्ड रेष्टुरेन्टमा जुवा खेलिरहेको अवस्थामा आइतबार साझ उनीहरुलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए ।
नियन्त्रणमा लिइएका ब्यक्तिहरु रुपन्देही कन्चन गाउँपालिका-५ पिपरी चापाका ३५ वर्षीय दिलिप थापा, सोही ठाउँ भैसाही बस्ने ३२ वर्षीय कमल थापा, गौडि बस्ने ३३ वर्षीय दिपेन्द्र घर्ति रहेका छन् । यसैगरी कपिलवस्तु वाणगंगा-१० बनकट्टि बस्ने ३५ वर्षीय अर्जुन चौधरी, होटल सञ्चालक ३५ वर्षीय दिनेश थारु लगाएतका रहेका छन् ।







प्रतिक्रिया