बैतडी ।
बैतडीमा आज बिहान भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ ।
पाटन नगरपालिका वडा नम्बर ८ साडीघाटीमा भएको दुर्घटनामा सिगास गाउँपालिका वडा नम्बर १ का २४ वर्षीय निशान्त बोहरा, २९ वर्षीय भानदेव भट्ट र डडेल्धुराको आलिताल गाउँपालिका–३ का १३ वर्षीय राकेश रावलको घटनास्थलमै मृत्यु भएको थियो । यस्तै उपचारका क्रममा सिगास–१ की २७ वर्षीया वसन्ती ऐरको ज्यान गएसँगै मृतकको सङ्ख्या चार पुगेको बैतडीका प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।
मोतीनगरबाट डडेल्धुरातर्फ गुडिरहेको जीप बिहान ११ बजे अनियन्त्रित भएर सडकबाट तल खसेको हो । दुर्घटनामा चालकसहित ६ जना घाइते भएका छन् ।







प्रतिक्रिया