१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

निर्वाचन आयोग गयो गगन थापा नेतृत्वको कांग्रेस



काठमाडौँ ।

गगन थापा नेतृत्वको नेपाली कांग्रेस निर्वाचन आयोग गएको छ । ललितपुरमा बिहीबार बसेको केन्द्रीय समिति बैठकलगत्तै कांग्रेसको टोली आफूहरूको विशेष महाधिवेशन र त्यसबाट चयन गरिएको नयाँ कार्यसमितिबारे जानकारी गराउन आयोग गएको एक नेताले बताए । थापा नेतृत्वको कांग्रेसको पुस २७ देखि ३० गतेसम्म राजधानीमा विशेष महाधिवेशन भएको थियो । महाधिवेशन विधानसम्मत ढंगले गरिएकाले आफूहरूको आधिकारिकता पाउनुपर्ने गगन समूहको जिकिर छ । विशेष महाधिवेशनबाट थापा नेतृत्वको कार्यसमिति गएराति घोषणा गरिएको थियो । 

प्रकाशित मिति : १ माघ २०८२ बिहिबार ००:००  २ : ४७ बजे