१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

आसन्न निर्वाचनबारे छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ ।

यही माघ ४ गते आइतबा बैठक बोलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार बैठक दिउँसो २ बजे वनस्थलीस्थित पार्टी कार्यालयमा बस्नेछ ।
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको प्रवक्ता झाले बताए ।

बैठकमा सबै पदाधिकारी एवं केन्द्रीय सदस्यहरूलाई अनिवार्य उपस्थिति हुन निर्देशन दिइएको छ ।

प्रकाशित मिति : ३ माघ २०८२ शनिबार ००:००  ९ : ०९ बजे