३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

बर्दियामा ईभीले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु



काठमाडौँ ।
बर्दियाको मधुवन नगरपालिका–४ स्थित सडक खण्डमा ईभी (गाडी) ले विपरीत दिशातर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।

शुक्रबार बेलुकी ९ बजेतिर बा प्र ०१–०३२च ७५५३ नम्बरको ईभी ले विपरीत दिशातर्फ जाँदै गरेको भे ११ प १९२३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक बर्दिया ठाकुरबाबा–५ शाहीपुरका २१ वर्षीय सुशील कुमार थारु र पछाडि बसेका २५ वर्षीय करण थारु घाइते भएका थिए।

जिल्ला अस्पताल गुलरिया उपचारका लागि लग्दा राति १० बजेर १० मिनेटमा दुवैको मृत्यु भएको ईलाका प्रहरी कार्यालय, ढोढरीका प्रहरी निरीक्षक महेन्द्र सेनले बताए ।

प्रहरीले इभी गाडीका चालक मधुवन नपा–४ ढोढरीका २३ वर्षीय विक्रम बोहोरालाई नियन्त्रणमा लिएको जनाएको छ। उनले मापसे गरि गाडी चलाएको खुलेको छ ।

प्रकाशित मिति : ३ माघ २०८२ शनिबार ००:००  ९ : २३ बजे