काठमाण्डाै ।
सुनसरीकाे धरानमा रहेकाे जिरो पोइन्टमा बस दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । धनुषाकाे जनकपुरबाट धरानकाे भेडेटार घुम्न आएकाे टाेली बाेकेकाे बस आज दिउँसाे दुर्घटना भएकाे हाे ।
दुर्घटनामा ३ पुरुष र २ महिला गरि ५ जनाको ज्यान गएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबु राईले उज्यालोलाई जानकारी दिनुभयो । ज्यान गुमाउनेकाे परिचय खुलिसकेकाे छैन ।
दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर छ । उनीहरूको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
को १ ख ७११९ नम्बरको बस आज दिउँसाे ब्रेक फेल हुँदा सडक छेउमा हिँडिरहेका पैदलयात्रुलाई पनि ठक्कर दिएको र सडक किनारमै पल्टिएको डीएसपी राईले बताउनुभयो । दुर्घटनालगत्तै धरान–धनकुटा सडक केही समय अवरुद्ध भएको थियो ।







प्रतिक्रिया