काठमाण्डाै ।
यस वर्ष धान उत्पादन घटेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८२/८३ को प्रारम्भिक अनुमानअनुसार धान उत्पादन ४ दशमलव २० प्रतिशतले घटेको हो ।
साथै क्षेत्रफल र उत्पादकत्व पनि पोहोरको तुलनामा कमी देखिएको छ । चालू आर्थिक वर्षमा धानबाली भित्र्याइएको कुल क्षेत्रफल १३ लाख ६७ हजार ७२ हेक्टर कायम भएको छ, याे अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ३ दशमलव ८ प्रतिशतले कमी हो ।
योसँगै धानको कुल उत्पादन पनि ४ दशमलव २० प्रतिशतले घटेको छ । गएको वर्ष ५७ लाख ५५ हजार ४ सय ६७ मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष ५५ लाख ५ हजार १ सय २६ मेट्रिक टनकाे प्रारम्भिक अनुमान गरेको मन्त्रालयले जनाएको छ ।
यस वर्ष मौसम अनुकूल नहुनु पनि धान उत्पादन घट्नुको कारण रहेको मन्त्रालयको निष्कर्ष छ ।







प्रतिक्रिया