१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

राजीनामा दिएर रास्वपाबाट चुनाव लड्दै मन्त्री जगदीश खरेल



काठमाडौँ । सरकारका प्रवक्ता तथा सूचना र सञ्चारमन्त्री जगदीश खरेल रास्वपाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने तयारी गरेका छन् ।

स्रोतका अनुसार अहिले केहीबेरमा मन्त्री पदबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यको उम्मेदवारको टिकट लिन लागेका हुन् । ललितपुर बालकुमारीका स्थायी बासिन्दा रहेका खरेलले साँझ ५ बजे पत्रकार सम्मेलन गर्दैछन् । उनी ललितपुर–२ बाट उम्मेदवारी दिने तयारी गरेको स्रोतको दाबी छ । 

‘लगभग उहाँ उम्मेदवार बन्ने निश्चित भएको छ । ललितपुर २ बाट नै उठ्नुहुन्छ’, स्रोतले भन्यो ।

फागुन २१ मा निर्वाचन गराउने जिम्मेवारीसाथ उनी सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी भएका थिए । सरकारमा रहेर रास्वपामैत्री रहेका आरोप लागेका खरेललाई प्रधानन्त्री सुशीला कार्कीले राजीनामा दिन सुझाव दिएकी थिइन् ।

आजै खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिइसकेका छन् । यसअघि कुलमान घिसिङले ऊर्जामन्त्रीबाट राजीनामा दिएका थिए । घिसिङ उज्यालाे नेपाल पार्टीका अध्यक्ष हुन् । 

प्रकाशित मिति : ५ माघ २०८२ सोमबार ००:००  ५ : ५९ बजे