३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

पूर्वसांसद बृजेश कुमार गुप्ताले छाडे एमाले, नेकपाबाट दिए उम्मेदवारी



काठमाडौं । नेकपा एमाले नेता एवं पूर्व सांसद बृजेश कुमार गुप्ताले पार्टी छोडेका छन् । पार्टी छाडेर उनले नेपाली कम्युनिस्ट पार्टीको चुनाव चिन्ह तारामा कपिलवस्तु क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् ।

उनको प्रस्तावक धर्मबहादुरलाल श्रीवास्तव र समर्थकमा रामदास चौधरी चौधरी रहेका छन् । नेकपा एमालेका पूर्वकेन्द्रीय सदस्य समेत रहेका गुप्ताले कपिलवस्तुबाट चारपटक संघीय सांसद जितिसकेका छन् ।

प्रकाशित मिति : ६ माघ २०८२ मंगलबार ००:००  २ : २८ बजे