१६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

रुपन्देहीमा ५ पूर्वमन्त्री चुनाव मैदानमा, कस्ले मार्ला बाजी ?



बुटवल । प्रतिनिधि सभाको आसन्न निर्वाचनमा रुपन्देही जिल्लाबाट ५ जना पूर्वमन्त्री उम्मेदवार बनेका छन् । ५ वटा निर्वाचन क्षेत्र रहेको रुपन्देही जिल्लामा क्षेत्र नम्बर २, ४ र ५ मा गरी तीन निर्वाचन क्षेत्रमा ५ पूर्वमन्त्री चुनाव मैदानमा उत्रिएका हुन् ।

क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वमन्त्री विष्णुप्रसाद पौडेल उम्मेदवार छन् । पौडेलले २०६४ सालदेखि लगातार जित्दै आएको यो क्षेत्रमा नेपाली कांग्रेसका चुन्नु प्रसाद पौडेल, रास्वपाका सुलभ खरेल, नेकपाका विश्वदीप (शुभास) पाण्डेय पनि उम्मेदवार छन् ।

रुपन्देही क्षेत्र नम्बर ४ मा पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्ला उम्मेदवार बनेका छन् । उनले सो क्षेत्रमा नेपाली कांग्रेसका आशुतोष मिश्र, जनमत पार्टीका भूपेन्द्र यादव, रास्वपाका कन्हैया बानियाँसँग प्रतिस्पर्धा गर्नेछन् । यो क्षेत्रमा २०७९ को निर्वाचनमा साविकको लोसपाबाट शुक्ला निर्वाचित भएका थिए ।

यस्तै रुपन्देही क्षेत्र नम्बर ५मा तीन जना पूर्वमन्त्री चुनाव मैदान छन् । यहाँ कांग्रेसबाट पूर्वराज्यमन्त्री भरत कुमार शाह, जनमत पार्टीबाट पूर्वराज्यमन्त्री ओम प्रकाश यादव र नेकपाबाट पूर्वमन्त्री मोहम्मद वकिल मुसलमान उम्मेदवार छन् । यो क्षेत्रबाट २०७९ सालको निर्वाचनमा एमालेका बासुदेव घिमिरे निर्वाचित भएका थिए ।

प्रकाशित मिति : १२ माघ २०८२ सोमबार ००:००  १२ : १८ बजे