काठमाण्डौ ।
दाङको इलाका प्रशासन कार्यालय लमहीका तत्कालीन कार्यालय प्रमुख (शाखा अधिकृत) प्रेमबहादुर खवाससहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
गलत लिखत तयार एवम् सरकारी कागजात सच्याइ भारतीय नागरिकलाई नागरिकता दिलाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।
अख्तियारले खवाससहित राजपुर गाउँपालिका ४ का अध्यक्ष रामेश्वर अहिर, वडा सचिव राजेशकुमार कहार र कार्यालय सहयोगी मीना चौधरीविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले भारतीय नागरिक आलम जोल्हा र आएसा जोल्हालाई पनि प्रतिवादी बनाएको छ ।
कर्मचारीहरूले राजपुर गाउँपालिका–४ स्थायी ठेगाना भएको भनि झुट्टा लिखत तयार गरि सरकारी कागजात सच्याइ भारतीय नागरिकलाई नागरिकताको प्रमाणपत्र दिलाएको आरोपपत्रमा उल्लेख छ ।







प्रतिक्रिया