१८ माघ २०८२, आइतबार | Sun Feb 1 2026

यूएईले २ सय ६७ जना नेपालीलाई आममाफी दियाे



काठमाण्डौ ।
संयुक्त अरब इमिरेट्स (यूएई) ले ५४औँ राष्ट्रिय दिवस (ईद अल इतिहास) का अवसरमा २ सय ६७ जना नेपालीलाई आममाफी दिएको छ । यसप्रति नेपाल सरकारले यूएई सरकारलाई हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ ।

नेपाल सरकारले यस आममाफीलाई नेपाल र यूएईबीच विद्यमान द्विपक्षीय सम्बन्धमा रहेको मैत्री, सद्भावना तथा सौहार्दताको प्रतीकका रूपमा लिँदै यूएई सरकारको यस मित्रवत् र मानवीय कदमको सराहना गरेको छ, परराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

माफी पाएका नेपाली नागरिकविरुद्ध अन्य कुनै बाँकी कानूनी मुद्दा वा प्रतिबन्ध नरहेको अवस्थामा यूएईको प्रचलित कानूनअनुसार आवश्यक कानूनी प्रक्रिया पूरा गरेपछि स्वदेश फर्कन सक्नेछन् ।

प्रकाशित मिति : १८ माघ २०८२ आइतबार ००:००  ७ : ११ बजे