वाणगंगा ।
कपिलवस्तु क्षेत्र नं. १ काे प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै नेकपा एमालेका उम्मेदवार विश्राम प्रसाद थारु (चौधरी) घरदैलाेमा पुगेर पार्टीकाे घाेषणा पत्र अनुसार जनताकाे सुविधाकाे लागि काम गर्ने प्रतिवद्दता व्यक्त गर्नुभएकाे छ । उहाँले समृद्ध नेपाल, सुखी नेपालीकाे संकल्प अनुसार कपिलवस्तुकाे पहिचान र विकासका लागि आफुले जनताकाे साथमा रहेर काम गर्ने बताउनुभयाे । एमालेले चुनावी घाेषणा मार्फत सरकार बनेपछि श्रमिककाे न्यूनतम पारिश्रमिक २५ हजार पुरयाउने याेजना पुरा गर्नका लागी पनि एमालेलाइ बहुमत दिएर जिताउनुपर्ने धारणा राख्नु भयाे ।
कपिलवस्तुकाे मायादेवी गाँउपालिका संचालित घरदैलाेकाे क्रममा मतदातासंग भेटघाटमा साे कुरा बताउनुभएकाे हाे । उहाँले केन्द्रीय घाेषणा पत्र संगसंगै जिल्लाकाे आवश्यकता र पहिचानलाइ समेट्दै “सिपयुक्त युवा, आत्मनिर्भर समाज” भन्ने मूल नारासहित कृषि र राेजगारी मार्फत समृद्दी हासिल गर्ने याेजना अघि सार्ने बताउनुभयाे । उहाँले दक्षिणी क्षेत्रकाे भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, राेजगारी क्षेत्रमा महत्वपूर्ण काम अघि बढाइने भएकाे बताउनुभयाे ।
“कपिलवस्तुको विकासलाई अब नारामा होइन, काममा परिणत गर्नुपर्छ। राजमार्गदेखि सीमाक्षेत्रसम्मका सडक दुई लेनमा स्तरोन्नति र पुल, तटबन्ध र डुबान नियन्त्रणलाई प्राथमिकता दिइनेछ। भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई न्यायोचित रूपमा स्वामित्व सुनिश्चित गरिनेछ” उम्मेदवार चौधरीले भन्नुभयो ।
घरदैलाेकाे क्रममा प्रदेश सभा सदस्यहरू विस्णु पन्थी, मधुसुदन प्रसाद कुर्मी, गिरधारीलाल न्याैपाने, निर्वाचन संयाेजक डम्मर शर्मा, युवा नेतृ धनु अधिकारी लगाएतकाे सहभागीता रहेकाे थियाे ।







प्रतिक्रिया