२३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026

अभिषेक प्रताप शाह चौथोपटक सांसद निर्वाचित, ४६४५ मतान्तरले विजयी



कपिलवस्तु । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत कपिलवस्तु क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह विजयी भएका छन्। उनले ४६४५ मतान्तरले प्रतिस्पर्धी उम्मेदवारलाई पराजित गर्दै चौथोपटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुन सफल भएका हुन्।

निर्वाचन कार्यालयका अनुसार महाराजगन्ज नगरपालिका, बिजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिकाको मतगणना सम्पन्न भएपछि शाहको जित सुनिश्चित भएको हो।

प्राप्त मत परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाहले २३ हजार ५३५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश रजौरियाले १८ हजार ८९० मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार विरेन्द्र कनोडियाले १४ हजार ७६३ मत प्राप्त गरेका छन्।

यससँगै शाहले कपिलवस्तु क्षेत्र नम्बर ३ बाट चौथोपटक सांसदमा निर्वाचित हुँदै जितको चौका पूरा गरेका छन्।

प्रकाशित मिति : २३ फाल्गुन २०८२ शनिबार ००:००  ४ : ४२ बजे