काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नयाँ सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ।
रास्वपाले मंगलबार र बुधबार ललितपुरको होटल रोयल टुलिप, ग्वार्कोमा सांसदहरूको अभिमुखीकरण गर्न लागेको प्रवक्ता कविन्द्र बुर्लाकोटीले बताए।
कार्यक्रममा सहभागी हुने सांसदहरूका लागि रास्वपाले ७ बुँदे निर्देशन पनि जारी गरेको छ।कार्यक्रममा सहभागी हुने सांसदहरूले कार्यक्रम स्थलमा मोबाइल लैजान पाउने छैनन्।
त्यस्तै कार्यक्रम स्थलमा अन्य व्यक्ति वा पाहुनाका लागि पनि निषेध गरिएको छ । सांसदहरूले कार्यक्रम स्थलमा परिवारका सदस्य वा अन्य व्यक्तिसँग भेटघाट र फोटो खिच्न पनि पाउने छैनन्।








प्रतिक्रिया