कपिलवस्तु ।
कपिलवस्तुमा मोटरसाईकल चोरी गर्ने गिरोह पक्राउ परेका छन्। कपिलवस्तुको मर्यादपुर तौलिहवा लगायतका क्षेत्रमा दिनहुजसो मोटरसाईकल चोरी हुन थालेपछि खोजतलास गर्नेक्रममा मोटरसाईकल चोरी गर्ने गिरोह नै पक्राउ परेका हुन् ।
कपिलवस्तुको मायादेबी गाउँपालिका ६ का सद्दनम हुसेन फकीरलाई मर्यादपुरमा प्रहरीले सिसिटिभी क्यामरा फुटेजको आधारमा पक्राउ गरेपछि गिरोह नै फन्दामा परको प्रहरीले जनाएको छ ।
चोरी मुद्दामा कारागारमा सजाय काट्दै आएका हुसेन भदौ २४ गते कारागारबाट फरार भएका थिए । उनी अदालतमा आगजनी र तोडफोडमा समेत संलग्न रहेका प्रहरी उपरीक्षक संतोष आचार्यले बताए ।
कारगारबाट फरार भए पछि हुसेनले मोटरसाईल चोर्न गिरोह नै बनाएका थिए । हुसेन पक्राउ परेपछि प्रहरीले ५ वटा मोटर साईकलसमेत बरामद गरेको छ । घटनामा कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का सुभम खड्का कृष्णगनर नगरपालिका ८ का एजाज खा र भारतको गोन्डाका माहोम्मद सलमानलाई समेत पक्राउ गरिएको प्रहरी उपरिक्षक आचार्यले बताए । पक्राउ परेकामाथी मुलुकी अपराध संहीता २०७४ को चोरी तथा डाका सम्बन्धी कुसुरमा अदालतबाट म्याद थप गरी घटनाको अनुसंधान जारी राखेको छ ।







प्रतिक्रिया