११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा शपथ ग्रहण



काठमाण्डाै ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको कार्यक्रममा ७८ वर्षीय केसीले पद तथा गोपनीयताको शपथ लिनुभयो ।

गएको फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावमा निर्वाचित २७५ सदस्यमध्ये केसी ज्येष्ठ सदस्य हुनुहुन्छ । प्रतिनिधिसभामा प्रत्यक्षबाट १६५ र समानुपातिकतर्फबाट ११० जना निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसका सांसद केसी समानुपातिकतर्फबाट निर्वाचित हुनुभएको हो । ज्येष्ठ सदस्य केसीले प्रतिनिधिसभामा निर्वाचित सांसदलाई भोलि बिहीवार पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ ।

सांसदहरूले शपथ लिएको भोलिपल्ट अर्थात् १३ गते शुक्रवार रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्रीको शपथ लिने यसअघि नै तय भइसकेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८२ बुधबार ००:००  १ : ०७ बजे