काठमाण्डौ ।
नवलपरासीको घिउखोलामा बस र ट्रक दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । अरु १५ जना घाइते भएका छन् ।
नवलपरासीको बर्दघाट नगरपालिका–४ घिउखोलामा आज बिहान ना ७ ख ९३९८ नम्बरको ट्रक र लु २ ख २३५१ नम्बरको बस पल्टिएको प्रहरीले जनाएको छ । बस र ट्रक दुर्घटना हुँदा घाइतेमध्ये तीन जनालाई जिल्ला अस्पताल परासीमा पठाएकोमा उपचारको क्रममा ज्यान गएको नवलपरासी पश्चिमका डीएसपी विरदत्त पन्तले जानकारी दिनुभयो ।
ज्यान गुमाउनेमध्ये रोल्पाको बागमाराका गोबिन बुढाको मात्रै परिचय खुलेको छ । अरु दुई जनाको अहिलेसम्म परिचय खुल्न सकेको छैन । उनीहरु सबैको शव परासी अस्पतालमा राखिएको छ ।
घाइते १५ जनामध्ये १३ जनाको लुम्बिनी सिटी अस्पताल बुटवल र २ जनाको चिसापानी अस्पतालमा उपचार भैरहेको नवलपरासी प्रहरीले जनाएको छ ।







प्रतिक्रिया