काठमाण्डौ ।
सरकारले खाडी क्षेत्रमा रहेका नेपालीहरूको उद्धारका लागि विशेष उडान गर्ने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार नेपाल एयरलाईन्समार्फत आजदेखि तीन दिनसम्म चार वटा उडान हुनेछ ।
आज बेलुकी काठमाण्डौबाट नेपाल वायु सेवाको जहाज दुबई जाने भएको छ । त्यो जहाजमा आउन पहिले नै टिकट बुक गराएका नेपाली नागरिकसहित आउन चाहनेले समयमै सम्पर्क गर्न भनिएको छ ।
भोलि दुबईबाट जहाज काठमाण्डौ आउने कार्यतालिका रहेको छ । पर्सि २२ गते काठमाण्डौबाट अर्को जहाज साउदी अरेबियाको दमाम गएर त्यही दिन काठमाण्डौ फर्कनेछ । मध्यपूर्वका विभिन्न देशबाट कति नेपाली फर्कन चाहेका छन् र अबको तीन दिनमा कसरी फर्काउन सकिन्छ भन्नेबारे गृहकार्य भइरहेको सम्बन्धित देशमा रहेका नेपाली दूतावासले जनाएका छन् ।
मध्यपूर्वमा भइरहेको युद्धका कारण यी क्षेत्रहरूमा नियमित उडान नहुँदा स्वदेश फर्कन चाहने नेपालीहरु अलपत्र परेका छन् ।







प्रतिक्रिया