३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

सिक्टा सिँचाइको पश्चिमी मूल नहर



लुम्बिनी ।
भारतीय राजदूत नविन श्रीवास्तवले लुम्बिनीमा भारतद्वारा निर्माण भइरहेको अन्तर्राष्ट्रिय बौद्ध सांस्कृतिक तथा सम्पदा केन्द्रको बिहीबार अवलोकन भ्रमण गरेका छन् ।

जिरो नेट प्रविधिमा फुल्न लागेको कमलको फूलको शैलीमा निर्माण भइरहेको सम्पदा केन्द्र भारत सरकार मातहत रहेको अन्तर्राष्ट्रिय बौद्ध परिसंघद्वारा लुम्बिनीमा निर्माण भइरहेको छ । तत्काल निर्माण पूरा गर्न सक्ने अवस्था भए यही वैशाख पूर्णिमामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने कार्यक्रमका लागि राजदूत श्रीवास्तव अवलोकन गर्न आएको लुम्बिनी विकास कोषका वरिष्ठ सूचना अधिकृत डा। हरिध्वज राईले बताए । तर, निर्माण पूरा हुन अझ तीन महिना लाग्ने भएकाले तत्काल उद्घाटन नहुने उनले बताए ।

जिरो नेट प्रविधि अर्थात् बाहिरी बिजुली आवश्यक नपर्ने गरी १ अर्ब ६० करोड लागतमा भवन निर्माण भइरहेको हो । ०७९ जेठ २ गते भारतीय प्रधानमन्त्री मोदीले शिलान्यास गरेको सम्पदा केन्द्र १८ महिनामा निर्माण पूरा गर्ने गरी २०८० साउन २१ गतेदेखि काम थालिएको थियो ।

सम्पदा केन्द्रको अवलोकनपछि राजदूत श्रीवास्तवले बुद्ध जन्मस्थल मायादेवी मन्दिरको अवलोकन गरेका थिए । मायादेवी मन्दिरको ऐतिहासिक तथा पुरातात्विक महत्त्व, उत्खनन, संरक्षण र लुम्बिनी गुरुयोजनाबारे कोषका वरिष्ठ सूचना अधिकृत डा। राईले राजदूत श्रीवास्तवलाई जानकारी गराएका थिए ।

प्रकाशित मिति : ३ बैशाख २०८३ बिहिबार ००:००  ७ : ४९ बजे