२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

आदर्शलाई नगरस्तरीय हाजिरीजवाफ प्रतियोगीताको उपाधि



मायादेवी अनलाइन, बुद्धभूमि ।
बुद्धभूमि नगरपालिका भित्रका मावि विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगीताको उपाधि आदर्श बोर्डिङ स्कूल इमिलियाले जितेको छ ।

बुद्धभूमि नगरपालिकाको सहयोगमा मायादेवी मिडिया गु्रप प्रालिले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगीतामा आर्दश बोर्डिङ स्कूल प्रथम भएको हो ।

प्रतियोगीतामा पारिजात पब्लिक स्कूल दृतिय भएको छ । यस्तै महुवा बाबा मावि तृतीय स्थान आउँदा श्री राष्ट्रिय मावि रनगाईले सान्त्वना पुरस्कार जितेको छ ।

१४ विद्यालयको सहभागीतामा भएको प्रतियोगीताको उद्घाटन नगर प्रमुख केशव कुमार श्रेष्ठले गरेका थिए ।

प्रतियोगीताको उद्घाटन गर्दै नगर प्रमुख श्रेष्ठले विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रष्फुटनका लागि यस्ता प्रतियोगीता महत्वपूर्ण हुने बताए । किताबी ज्ञानसँगै अन्य क्षेत्रमा पनि विद्यार्थी अब्बल हुनुपर्ने भन्दै बेला बेला नगरपालिकाले विद्यार्थी लक्षित विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गरिरहेको बताए । यस्ता प्रतियोगीतामा विद्यालयले विद्यार्थीलाई सक्रियतापूर्वक सहभागी गराउनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत यमकान्त पाण्डेयले प्रतियोगीतामा सहभागी भएर आफ्नो प्रतिभा प्रस्तुत गर्न आग्रह गरे । प्रतियोगीतामा जित र हार स्वभाविक रहेको भन्दै आगामी दिनमा अझ राम्रा गर्न यस्ता प्रतियोगीता महत्वपूर्ण हुने बताए ।

मायोदवीका अध्यक्ष हरि अधिकारीको अध्यक्षतामा भएको प्रतियोगीताको सञ्चालन दिपक अनुरागीले गरेका थिए ।

मायादेवीले विगत ८ बर्षदेखी बुद्धभूमि नगरपालिका भित्र हाजिरीजवाफ प्रतियोगीता सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८३ बिहिबार ००:००  ७ : २७ बजे