कपिलवस्तु । कपिलवस्तुका ६० जना जेष्ठ नागरिक सम्मानित भएका छन् । कपिलवस्तु नगरपालिकाको सहयोग र नेपाल अर्बुद रोग निवारण संस्थाको आयोजनामा ज्येष्ठ नागरिक सम्मान तथा आजीवन सदस्यता प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरिएको हो। सम्मानित ज्येष्ठ नागरिकलाई प्रमाणपत्र, गुल्कोज तथा एक थान गिलास प्रदान गरिएको थियो।
सो अवसरमा बोल्दै कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले ज्येष्ठ नागरिकको सम्मान र सेवामा सहभागी हुन पाउँदा आफू अत्यन्त खुसी भएको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले ज्येष्ठ नागरिक तथा एकल महिलाबिच आपसी भेटघाट, चिनजान र सामाजिक सम्बन्ध विस्तार गर्ने अवसर सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा नेपाल अर्बुद रोग निवारण संस्था कपिलवस्तु शाखाका अध्यक्ष राजेश ज्ञवालीले ज्येष्ठ नागरिकप्रति सम्मान र सहयोगको भावना विस्तार गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो।







प्रतिक्रिया