कपिलवस्तु।
सेवा प्रवाहलाई सहज र सरल बनाउन जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले नियमित रुपमा दैनिक कार्यसम्पादन रिपोर्ट सार्वजनिक गर्दै आइरहेको छ। सुशासन नीतिअनुसार सरकारले सेवा प्रवाहमा पारदर्शिता सुरु गरेको छ।
जेठ २९ गतेको दैनिक कार्यसम्पादन प्रतिवेदन अनुसार कार्यालयले एकै दिनमा नागरिकता, राहदानी तथा राष्ट्रिय परिचयपत्र सम्बन्धी उल्लेख्य सेवा प्रवाह गरेको जनाएको छ।
कार्यालयका अनुसार उक्त दिन ५७ वटा वंशज नागरिकता, ८ वटा वैवाहिक अंगीकृत नागरिकता तथा ३१ वटा प्रतिलिपि नागरिकता जारी गरेको छ। त्यस्तै, राष्ट्रिय परिचयपत्रतर्फ १०२ जनाको दर्ता, ३९ वटा परिचयपत्र वितरण तथा ६ वटा संशोधन कार्य सम्पन्न गरेको छ भने राहदानी सेवा अन्तर्गत ४७ वटा राहदानी दर्ता र ८८ वटा राहदानी वितरण गरिएको छ भने ४ जनाले हुलाकमार्फत राहदानी बुझ्नका लागि आवेदन दिएका छन्।
न्याय प्रशासनतर्फ २ वटा मुद्दा दर्ता, ३ वटा म्याद थप तथा अन्य कार्य प्रतिवेदनमा उल्लेख गरिएको छ। साथै ५ वटा सिफारिस तथा प्रमाणीकरण सेवा प्रदान गरिएको छ।
कार्यालयले उक्त दिन २ लाख ५२ हजार रुपैया राजस्व संकलन गरेको जनाएको छ। प्रशासनिक सेवा शुल्कबाट थप ५ सय ५० संकलन भएको छ। संस्था नविकरण र संशोधन १ वटा तथा ७ वटा सवारी पास जारी गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
यस अभ्यासले नागरिक तथा सरोकारवाला तहमा सरकारी सेवा प्रवाहमा पारदर्शिता, जवाफदेहिता र नागरिकको सूचनाको अधिकारलाई थप सुदृढ बनाएको विश्वास गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भबिश्वर घिमिरेले बताउनुभयो ।








प्रतिक्रिया