मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको पारिजात पब्लिक स्कूल गोरुसिंगेले कक्षा १२ को परिक्षाफलमा उत्कृष्ट नतिजा ल्याएको छ।
पारिजातमा अध्ययनरत छात्र आशिष भुसालले कक्षा १२ मा ३.९२ जिपिए ल्याएर कपिलवस्तु प्रथम भएको स्कूलका प्रिन्सिपल राजेन्द्र पिसीले दाबी गरे ।
व्यवस्थापन संकायबाट परीक्षा दिएका भुसालले जिल्लामै सबैभन्दा उत्कृष्ट नतिजा ल्याएको प्रिन्सिपल पिसीको दाबी छ । जिल्लाभित्र शिक्षा तथा मानविकी संकायमा समेत यो नतीजा नआएको उनले बताए ।
पारिजातबाट यो बर्ष ७९ जनाले कक्षा १२ को परीक्षा दिएका थिए । जसमा उल्लेख्य विद्यार्थीले राम्रो नतिजा ल्याएको स्कूलकी लेखापाल विनिता घिमिरेले मायादेवी अनलाइनलाई जानकारी दिइन् ।
राष्ट्रिय परीक्षा बोर्डले ल्याएको परीक्षाको नतिजा केही दिन अगाडी मात्र सार्वजनिक भएको छ ।













प्रतिक्रिया