तौलिहवा ।
कपिलवस्तु नगरपालिकाका २ वडालाई एकै पटक बालमैत्री वडा घोषणा गरिएको छ ।
कपिलवस्तु नगरपालिका वडा नम्बर ६ स्थित तिलौराकोट माविमा राखिएको समारोहमा वडा नम्बर ६ र ११ लाई एकसाथ बालमैत्री वडा घोषणा गरिएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्यले एक भव्य समारोहका बीच नगरपालिकाका २ बडा बालमैत्री भएको घोषणा गरेका हुन् ।
सो अवसरमा प्रमुख आचार्यले सामाजिक विकासको सूचकांकमा नगरपालिकाको २ वडाले फड्को मारेको बताए । उनले नगरपालिका सहित जिल्लामा सबै वडालाई चाडै नै बालमैत्री घोषणा गर्नु पर्ने बताए ।
उनले शिक्षा स्वास्थ्यसहित धेरै क्षेत्रमा पछि रहेको कपिलवस्तुलाई अघि बढाउन सबैका साथ र पहल आवश्यक रहेको बताए । उनले घोषणा गरिएको वडालाई कामय राख्न सबैले चासो दिनु पर्ने बताए ।
सो अवसरमा नगर प्रमुख सुदीप पौडेलले लामो प्रयास पछि २ बडाले विकासमा एउटा इट्टा थपेको बताए । उनले नगरलाई नै बालमैत्री घोषणाका लागि निरन्तर प्रयासरत रहेको बताए ।
उनले कपिलवस्तु जिल्ला नै शिक्षा र स्वास्थ्यमा पछि पर्नु दुःखद कुरा भएको भन्दै उनले अघि बढाउन सबैको साथ आवश्यक रहेको बताए ।
प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले सबै सूचकहरु पुरा गरी २ वडालाई बाल मैत्री घोषणा गर्ने राम्रो काम भएको बताए । यसलाई कायम राख्न सबै चनाखो हुनु पर्ने बताए ।
सो अवसरमा वडा नम्बर ११ का वडाअध्यक्ष रामगोपाल यादवले बालमैत्रीको सबै सूचकहरु पुरा भएकोको आधारमा २ वटै वडालाई बालमैत्री घोषणा गरिएको प्रतिबेदन प्रस्तुत गरेका थिए ।
बालमैत्री स्थानीय शासन कार्यान्वय निर्देशिका २०७८ र बालमैत्री स्थानीय शासन कार्यबिधि २०७९ तथा स्थानीय सरकार शासन संचालन ऐन २०७४ अनुसार सबै मापदण्ड र सूचक पुरा गरिएपछि दुबै वडालाई बालमैत्री वडा घोषणा गरिएको नगरपालिकाका सामाजिक विकास अधिकृत तथा फोलकपर्सन पदमराज श्रेष्ठले बताए । ५१ वटा सुचक पुरा गरी सबैको अथक प्रयासले २ वटा वडाले यो सफलता हासिल गरेको उनले बताए ।
वडा नं. ६ र ११ गरी १८ वर्ष मुनिका बालक तिन हजार ८७६ र बालिका तिन हजार ६७९ गरी जम्मा ७ हजार ५५५ जना बालबालिका रहेका छन् ।













प्रतिक्रिया