१६ असार २०८३, मंगलबार | Tue Jun 30 2026

ब्राजिल अन्तिम समयमा जापानलाई पराजित गर्दै अर्को चरणमा



ह्युस्टन ।
ग्याब्रियल मार्टिनेलीले अन्तिम समयमा गरेको गोलमा ब्राजिल विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।

ब्राजिलले सोमबार ह्युस्टनमा भएको अन्तिम ३२ को प्रतिस्पर्धामा जापानलाई २–१ गोलले पराजित गर्‍यो ।

खेल अतिरिक्त समयमा अग्रसर भएको समयमा मार्टिनेलीले इन्जुरी टाइमको पाँचौं मिनेटमा ब्रुनो गुइमेरेजको पासमा निर्णायक गोल गरेका थिए । ५ पटकको विजेता ब्राजिलले क्वाटरफाइलनमा स्थान पाउन नर्वे र आइभोरी कोस्टको विजेतासँग अन्तिम १६ मा खेल्ने छ । ब्राजिलले सन् २००२ यता विश्वकपको उपाधि जित्न सकेको छैन ।

काइसु सानोले एकल प्रयासमा उत्कृष्ट गोल गर्दै जापानलाई २९ औं मिनेटमा अग्रता दिलाएका थिए । मध्यभागबाट ब्राजिली खेलाडीको खुुट्टाबाट बल लिँदै उनले एक्लै अगाडि बढाएर पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहारमा विपक्षी गोलरक्षक एलिसन बेकरलाई मौका नदिई गोल गरेका थिए ।

ब्राजिलले ५६ औं मिनेटमा खेल बराबरीमा ल्याएको थियो । ग्याब्रियलको क्रसमा कासेमिरोले हेड गोल गर्दै ब्राजिललाई १–१ को बराबरीमा ल्याएका थिए ।

प्रकाशित मिति : १६ असार २०८३ मंगलबार ००:००  ५ : ०९ बजे