१ भदौ २०८३, सोमबार | Mon Aug 17 2026

ड्याममा डुबेर १० वर्षीया बालिकाको मृत्यु



दाङ, असार १७ गते । दाङको घोराही उपमहानगरपालिका–४ लक्ष्मीपुर चोक नजिक सिँचाइका लागि निर्माण गरिएको मानव निर्मित ड्याममा डुबेर १० वर्षीया बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा घोराही–४ निवासी जुनमाया घर्तीकी छोरी आषिका घर्ती रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । सुनपुर सामुदायिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत आषिका बुधबार दिउँसो दिदीसँग विद्यालय जान भनी घरबाट निस्किनुभएकोथियो । 

बाटोमै पेट दुखेको भन्दै उहाँ दिदीसँगै घर फर्किने क्रममा घरबाट करिब ५०० मिटर टाढा रहेको ड्याममा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता हुनुभएकोथियो । घटनाका बेला उहाँको दिदी भने सकुशल रहेको हुनुहुन्थ्यो ।

घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीको कमाण्डमा १५ जना तथा ज्वालादल गण भरतपुरबाट सह–सेनानी विमलराज बस्यालको कमाण्डमा १४ जनाको संयुक्त टोली उद्धारमा खटिएको थियो । 

उक्त टोलीले दिउँसो १ बजे बालिकालाई ड्यामबाट बाहिर निकाली उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही पठाएको थियो । अस्पतालमा दिउँसो १:२० बजे चिकित्सकले परीक्षणपछि उहाँलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०८३ बुधबार ००:००  ८ : ४९ बजे