काठमाडौं ।
पहिरोका कारण सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
प्रहरीका अनुसार पाल्पाको तिनाउ गाउँपालिका-३, सिद्धबाबा सुरुङमार्ग (पाल्पा तर्फबाट ईन हुने प्वाईन्टको १०० मिटर उत्तर तर्फ) मा माथिबाट पहिरो आई सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो ।
माथिबाट पहिरो खसिरहेको प्रहरीले जानकारी दिएको छ । सो स्थानमा प्रहरी चौकी दोभानबाट पाँचजनाको टोली खटिएको छ ।
डोजर तयारी अवस्थामा राखिएको र अहिले बाटो खुलाउने पहल भइरहेको प्रहरीले जानकारी दिएको छ । पहिरो खस्न रोकिनासाथ पहिरो पन्छाउन थालिने प्रहरीले जानकारी दिएको छ ।








प्रतिक्रिया