कपिलवस्तु । प्रहरी निरीक्षक (इन्सपेक्टर) कृष्ण प्रसाद घिमिरे उत्कृष्ट प्रहरी घोषित हुनुभएको छ । नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा, रुपन्देहीमा कार्यरत घिमिरे साउन महिनाको उत्कृष्ट प्रहरी (पुलिस अफ द मन्थ) छनौट हुनुभएको हो । सांगठनिक नीति–निर्देशन बमोजिम प्रदान गरिएको पेशागत जिम्मेवारी तथा पदीय दायित्वलाई पूर्ण व्यवसायिकताका साथ निर्वाह गर्दै कार्यालयको केन्द्रीय अनुसन्धान इकाई, साइबर इकाई तथा दूरसञ्चार समन्वय शाखा प्रमुखको रुपमा खटि दिइएको जिम्मेवारी उत्कृष्ट ढंगले सम्पादन गरेको भन्दै उहाँलाई कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक पोखरेलले पुरस्कृत गर्नुभएको हो ।
त्यस्तै प्रहरी निरीक्षक घिमिरेले मातहत प्रहरी इकाईहरुबाट अनुरोध भएबमोजिम घटनास्थलमा खटी अनुसन्धान कार्यमा उल्लेखनी भूमिका निर्वाह गर्नुका साथै दूरसञ्चार समन्वय शाखाबाट अपराध अनुुसन्धानमा आवश्यक प्राविधिक सहायता प्रदान गरेको, दैनिक रुपमा कार्यालयको कार्यसम्पादन तथा शाखाको अभिलेखीकरणलगायत स्वीकृत कार्ययोजना अनुसारका निर्धारित क्रियाकलापहरु प्रभावकारी रुपमा सञ्चालन गरेको नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवाले जनाएको छ ।
निरिक्षक घिमिरेले भैरहवा कार्यालमा रहेर विभिन्न सार्वजनिक निकाय तथा सराेकारवाला पक्षसंग प्रभावकारी समन्वय तथा सहकार्य कायम राख्दै प्रशंसनीय ढंगले कार्यसम्पादन गरेकाे संगठनले जनाएकाे छ । कार्यालय व्यवस्थापन, वातावरणीय तथा साैन्दर्यकरण, कार्यालयकाे समग्र कार्यवातावरण सुधारमा उल्लेखनीय भूमिका निर्वाह गर्दै संस्थागत छवि निर्माणमा महत्वपूर्ण याेगदान पुरयाएकाे समेत उल्लेख गरिएकाे छ ।
कपिलवस्तुमा स्थायी वसाेवास गर्नु भएका घिमिरेले सिद्दार्थ क्याम्पस वाणगंगामा प्लस टु, स्नातक र त्रिभुवन युनिभर्सिटी किर्तिपुरमा अंग्रेजी विषयबाट स्नाताेक्तर गर्नुभएकाे हाे । आफनो विद्यार्थी पेशागत कर्ममा कर्तब्य निष्ठ भई उत्कृष्टता हासिल गरेको क्याम्पस प्रशासनले खुशी व्यक्त गरेको छ ।








प्रतिक्रिया