११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा कुमारी बैंकको ३ करोड सहयोग



काठमाडौँ । कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा तीन करोड रुपैयाँ हस्तान्तरण गरेको छ।  बिहीबार रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार र खोज तथा पुनर्स्थापनाका लागि बैंकले साे रकम हस्तान्तरण गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालसहितका बैंकका उच्च अधिकारीले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । 

अर्थमन्त्री वाग्लेले प्राप्त हुन थालेको सहयोग एकद्वार प्रणाली मार्फत आजदेखि बुझ्न थालेका हुन् । 

प्रकाशित मिति : ११ भदौ २०८३ बिहिबार ००:००  १ : ५२ बजे