२० भदौ २०८३, शनिबार | Sat Sep 5 2026

पछिल्लो ६ घण्टामा पाल्पाको अर्चलेमा ७०.६ मिलिमिटर वर्षा



काठमाडौं ।
पछिल्लो ६ घण्टामा पाल्पाको अर्चलेमा ७०.६ मिलिमिटर पानी परेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार गएराति लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा कोशी, बागमती र मधेश प्रदेशका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

आज बिहान चितवनको त्रिशूली काली खोला क्षेत्र, पर्वत, लमजुङलगायतका एक/दुई ठाउँमा पानी परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार त्रिशुलीको काली खोला क्षेत्रमा पछिल्लो एक घण्टामा १६.२ मिलिमिटर वर्षा मापन भएको छ ।

बाढी पूर्वानुमान महाशाखाले लमजुङको मस्र्याङ्दी नदी भकुण्डेबेशी जल मापन केन्द्रमा जल सतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई अहिले बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । आज दिउँसो कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भागका धेरै तथा मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका तराई भागका केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भाग, कर्णाली प्रदेशको पहाडी भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भागको एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ ।

प्रकाशित मिति : २० भदौ २०८३ शनिबार ००:००  ९ : ०४ बजे