११ कार्तिक २०८३, मंगलबार | Tue Oct 27 2026

आनीको नियुक्ति बदरको माग गर्ने लुम्बिनी बचाउ महाअभियानका संयोजकसहित दुई जना पक्राउ



बुटवल । लुम्बिनी विकास कोषको नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्ति बदरको माग गर्दै आन्दोलन गरिरहेको लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खान सहित दुईजना पक्राउ परेका छन् ।

प्रहरीले मध्यराति लुम्बिनी पर्साचोकस्थित घरमा सुतिरहेको अवस्थामा ६१ वर्षीय संयोजक खान र लुम्बिनी सांस्कृतिक नगरपालिका ९ का ३३ वर्षीय वाविउद्दिन मुसलमानलाई पक्राउ गरेर लगेको अभियानका सहसंयोजक रामविकास चौधरीले जानकारी दिए ।

शान्तिपूर्णरुपमा आफ्ना माग राखेर आन्दोलन गरेको आधारमा प्रहरीले मध्यरातमा धरपकड गरेको भन्दै महाअभियानले दुबै जनालाई नि:शर्त रिहाइको माग गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दुबैजनाको पक्राउको पुष्टी गर्दै सार्वजनिक स्थानमा ‘उच्छृंखल गतिविधि’ गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय भैरहवामा राखिएको जनाएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८३ मंगलबार ००:००  ११ : ३६ बजे