८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मानव वेचबिखनको आरोपमा तुलसीपुरका होटेल व्यवसायी पक्राउ



दाङ ।
मानव बेचबिखन गरेको आरोपमा दाङका दुईजना पक्राउ परेका छन्। युवतीहरू राखी ललाई फकाइ एवं करकापमा पारी जवरजस्ती वेश्यावृतिमा लगाएको भन्ने सूचना जाहेरीका आधारमा छापा मार्दा तुलसीपुर १४ घर भई हाल तुलसीपुर ५ न्यूरोडस्थित न्यू फूलवारी होटल संचालन गरी वस्ने थुमलाल चौधरी र उनकी श्रीमतीलाई प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रेमबहादुर शाहीका अनुसार उक्त होटल शनिबार खानत लासी गर्ने क्रममा थप १ जना पीडित महिलालाई उद्धार समेत गरिएको छ। उनीहरूलाई मानव वेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन २०६४ अन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी डिएसपी शाहीले बताए।

प्रकाशित मिति : २२ पुस २०७५ आइतबार ००:००  ९ : ५९ बजे