२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

१० वर्षीया बालिका बलात्कार अभियोगमा वृद्ध पक्राउ



अर्घाखाँची ।
अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–१ ढाकावाङ की १० वर्षीया बालिका बलात्कारको आरोपमा प्युठानको मल्लरानी गाउँपालिका २ सिउते निवासी ६८ वर्षिय डण्डबहादुर बिश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ। पीडित बालिका शारीरिक रूपमा कमजोर देखिन थालेपछी उनकी आमाले बालिकालाई शोधपुछ गरेपछि मात्रै घट्ना बाहिरिएको हो। अभियुक्त बिश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले नियन्त्रणमा लिई प्युठान प्रहरीलाई बुझाएको अर्घाखाँची प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताए। चाउचाउ खान पैसा दिदै ललाई फकाई गरि बालिकालाई बलात्कार गरेको पिडितले बताइन। बालिका गत पुस महिना देखि वृद्धबाट बलात्कारको सिकार हुँदै आएको समेत खुलासा भएको छ। प्युठान प्रहरी प्रमुख निर्मल बुढाथोकीले आबश्यक अनुसन्धान प्रक्रिया सुरु गरिएको बताए।

प्रकाशित मिति : ३ फाल्गुन २०७५ शुक्रबार ००:००  ८ : ३१ बजे