८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

बिप्लवको लुम्बिनी बन्द फिर्ता



कपिलवस्तु ।

नेकपाले बुधबार फागुन ८ गते गर्ने भनेको लुम्बिनी बन्द फिर्ता लिएको छ । बिप्लव नेतृत्वको नेकपाले बुधबार बन्द गर्ने भनेको थियो । तर, मंगलबार साँझ एक प्रेस विज्ञप्ति निकालेर बन्द फिर्ता भएको पार्टीले जनाएको छ । अर्घाखाँचीमा पक्राउ परेका पार्टी कार्यकर्तालाई प्रहरीले रिहा गरेपछि बन्द फिर्ता लिएको विप्लवका विद्यार्थी नेता रमेश गैरेले जानकारी दिए ।

गत माघ २३ गते अर्घाखाँचीबाट नेकपाको सांगठनिक अभियानको शिलशिलामा नेकपाका लुम्बिनी व्यूरो सदस्य एवं गुल्मी जिल्ला इन्चार्ज पुर्णवहादुर सिंह, सेक्रेटरी खिमबहादुर खड्का, अर्घाखाँची जिल्ला पार्टी सचिवालय सदस्य पिताम्बर पोखरेल, अभियानयात्री टुकलाल पुनलाई प्रहरीले गिरफ्तार गरी सार्वजनिक मुद्दा दर्ता गरेको थिए ।

त्यसैको विरोध स्वरुप पार्टीले बुधबार बन्द आहव गरेको हो । तर, प्रशासनले मंगलबार साझ पक्राउ परेका सबैलाई रिहा गरेकाले बुधबार आब्हान गरीएको बन्द फिर्ता लिएको नेता गैरेले जनाए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५ मंगलबार ००:००  १२ : ५४ बजे