२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

वाणगंगा गोलीकाण्डः घटनास्थल सुरक्षा घेरामा, प्रहरी भन्छ ‘सबैको सहयोग चाहियो’



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिकामा अज्ञात समूहको गोली प्रहारबाट एक महिलाको मृत्यु भएको छ । शुक्रबारराती घरमै बसिरहेको बेला अज्ञात समूहको गोली प्रहारबाट अनिता पौडेलको मृत्यु भएको हो । घटना वाणगंगा नगरपालिका वडा नं. ४ कुवेरापुरको हो ।

घटनाबारे प्रहरी के भन्छ ?

अहिले चार नम्बरको कपिलवस्तु सामुदायिक अस्पत्तालमा मृतक पौडेलको शव छ । उक्त शवलाई तौलिहवा पठाउने या बुटवल छलफल भइरहेको छ । अस्पत्तालमा बाणगंगा नगरका प्रमुख मंगल प्रसाद थारु, वडा नम्बर ४ का वडा अध्यक्ष गणेश क्षेत्री, कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल, पत्रकार, आफन्त र स्थानीयको भीँड छ भने मृतक पौडेल बस्ने गरेको घरमा पनि स्थानीयको भीँड छ । उक्त घरलाई प्रहरीले सुरक्षाको घेरामा राखेको छ । इलाका प्रहरी कार्यालय पिपराका प्रहरी नीरिक्षक चन्द्र बहादुर केसीले अब घटनाको सत्य तथ्य बाहिर नआएकोले अनुसन्धान भइरहेको बताउनुभयो ।
रातको समयमा घटना भएकाले आफूहरुलाई पनि घटनाको सूचना थाहा पाउन समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यस्ता घटनाले सबैमा सुरक्षा चुनौतिको प्रश्न उठाएको छ । सबैले सहयोग गर्नुहोस् ।” उहाँले प्रमाण संकलन गर्ने कार्य भइरहेको र स्थानीयले यसमा सहयोग गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।
गोली प्रहार गर्ने कहाँ भागिरहेको छ, मोटरसाइकलको नम्बर समेत पत्ता लगाउन सकिएको भए छिटै घटनाबारे थाहा हुने थियो केसीले भन्नुभयो । अब मृतक पौलेको नम्बरको आधारमा कल डिटेल हेरेपछि केही पत्ता लाग्छ कि ? यता मृतक पौडेलका श्रीमान भारत छन ।  उनका श्रीमान भारतवाट आएपछिमात्र मृतकको शव पोष्टमार्टम हुनुपर्ने परिवारका सदस्यले माग गरेपछि बुटवल पठाइएको छ ।

बाणगंगा वडा नं ४ का अध्यक्ष गणेश क्षेत्रीका अनुसार लुम्बिनी अञ्चल अस्पत्ताल बुटवलको शव गृहमा राख्नेगरी पठाइएको छ । शव पठाएपछि कपिलवस्तु सामुदायिक अस्पत्तालमा रहेको भीँड हटेको छ । प्रहरीले घटना भएको घरमा अनुसन्धानको लागि थप प्रहरी परिचालन गरेको छ । अब उनलाई पनि झिकाएर अनुसन्धान थालिने प्रहरीले जनाएको छ । स्थानीयका अनुसार मृतक पौडेल र उनका श्रीमान बीच पहिला देखि नै सम्बन्ध चिसिएको थियो । एक स्थानीयले पौडेल र उनका श्रीमान बीचको अंशवंडामुद्धा श्रीमानले भर्खर जितेका थिए ।

 

प्रकाशित मिति : ११ फाल्गुन २०७५ शनिबार ००:००  ४ : ४६ बजे