८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

लुम्बिनी खुल्ला राष्ट्रिय लन टेनिसको उपाधि प्रेरणा र प्रदीपलाई



काठमाडौं ।
दोस्रो बुटवल लुम्बिनी खुल्ला राष्ट्रिय लन टेनिस प्रतियोगितामा प्रदीप खड्का र प्रेरणा कोइराला च्याम्पियन बनेका छन्।
पुरुष एकलमा प्रदीपले सन्तोस खत्रीलाई २–० को सोझो सेटमा हराउँदै उपाधि जिते। उनले पहिलो ६–४ ले जित्दा दोस्रो सेट ६–३ ले आफ्नो पक्षमा पारे।
महिला एकलमा प्रेरणा कोइराला च्याम्पियन बनिन्। उनले फाइनलमा अशिलता विष्टलाई २–० को सिधा सेटमा पाखा लगाइन्। पहिलो सेट ७–५ ले जितेकी प्रेरणाले दोस्रो सेट ६–३ ले सहज रुपमा जितिन्।
रुपन्देही लन टेनिस संघ र बुटवल लन टेनिस क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगिताको पुरुष एकल र महिला एकलको विजेताले ५०–५० हजार नगद रुपैयाँ प्राप्त गरे। उपविजेतामा सीमित दुवैले २५–२५ हजारमा चित्त बुझाए।

प्रकाशित मिति : १४ फाल्गुन २०७५ मंगलबार ००:००  १० : ०० बजे