८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

महिला विश्वकप छनोटमा नेपालले कुवेतलाई हरायो, रुबिना क्षेत्रीको ह्याट्रिक



काठमाडौं ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी० महिला विश्वकप छनोटअन्तर्गत एसिया छनोट प्रतियोगितामा नेपालले आफ्नो अन्तिम खेलमा कुवेतलाई ३० रनले पराजित गरेको छ। जारी प्रतियोगितामा नेपालले हात पारेको यो पाँचौ जित हो। नेपालको जितमा कप्तान रुबिना क्षेत्रीले ह्याट्रिक गरिन्।

जितसँगै नेपाल ६ खेलबाट १० अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानको आयोजक थाइल्यान्डको ५ खेलबाट १० अंक छ। प्रतियोगिताको अन्तिम खेलमा थाइल्यान्ड र युएईबीच केहिबेरमा प्रतिस्पर्धा हुनेछ। खेलपछि आइसिसी विश्वकप छनोटमा छानिने शीर्ष एक टिमको टुंगो लाग्नेछ।
थाइल्यान्डलाई छनोट हुन जित पर्याप्त छ। युएईका लागि पनि जित हात पारे छनोट हुने सम्भावना रहनेछ। नेपालका लागि भने युएईले जित हात पारेको अवस्थामा थाइल्यान्ड र युएईलाई रनरेटमा पछि पार्नु पर्ने अवस्था छ। जुन सम्भावना न्यून छ, किनकी युएई र थाइल्यान्ड रनरेटमा नेपालभन्दा अघि छन्। त्यसैले नेपाल प्रतियोगिताबाट औपचारिक रुपमा मात्र बाहिरिन बाँकी छ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५ बुधबार ००:००  ८ : ४९ बजे