६ असार २०८३, शनिबार | Sun Jun 21 2026

फेरि चम्किए सन्दिप, टिम पराजित भए पनि कराँची किंग्सविरुद्ध दुई विकेट चट्काए



एजेन्सी,

पाकिस्तान सुपर लिग अन्तर्गत कराँची किंग्सविरुद्धको खेलमा नेपाली बलर सन्दीप लामिछानेले दुई विकेट लिएका छन् । क्वेटा ग्लाडियटर्सविरुद्धको अघिल्लो खेलमा चार विकेट लिएर म्यान अफ द म्याच समेत बनेका सन्दीपले कराँची किंग्सविरुद्ध सुरुवातको दुई विकेट लिए ।

कराँचीविरुद्धको खेलमा तेस्रो ओभरमा आफ्नो पहिलो स्पेल लिएर आएका सन्दीपले अन्तिम बलमा ओपनर कोलिन मुन्रोलाई हरिस सोहिलको हातबाट क्याच आउट गरेका थिए । उनले लाहोरलाई पहिलो विकेट दिलाएका थिए । आफ्नो पहिलो ओभरमा सन्दीपले जम्मा दुई रन खर्चिए ।

त्यसपछि लगत्तै बलिङमा आएका सन्दीपले पाँचौं ओभरको तेस्रो बलमा बाबर अजमलाई बोल्ड गरे । बाबर अजम टि–२० वरियताका पहिलो नम्बरका खेलाडी हुन् भने मन्रो वरियता क्रमको दोस्रो स्थानमा छन् ।

त्यो ओभरमा सन्दीपले जम्मा एक रनमात्र खर्चिए । तेस्रो ओभरमा सन्दीपले प्रत्यक बलमा सिंगलमात्र दिए भने अन्तिम ओभरमा एक चौका सहित ८ रन दिए ।

चार ओभर बलिङ गर्दै सन्दीपले १७ रन दिए ।

खेलमा भने कराँची पाँच विकेटले विजयी भयो । लाहोरले पाँच विकेटको क्षतिमा बनाएको १३३ रन कराँचीले पाँच बल बाँकी छँदा पाँच विकेट गुमाएको पूरा गर्‍यो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५ शुक्रबार ००:००  २ : २९ बजे