२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

विश्वकै सर्वाधिक विकेट लिने स्पिनर बने सन्दीप



काठमाडौं ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी०का अनुसार नेपाली लेग स्पिनर सन्दीप लामिछाने सन् २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका छन् । सन् २०१९ को जनवरीदेखि मे १ सम्म सन्दीपले २७ विकेट लिँदै पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, अफ्गानिस्तानका राशिद खान, बङ्गलादेशका सकिब अल हसनलाई पछि पार्दै यो किृतिमानी कायम गरेका हुन् ।सन्दीपले जनवरीयता खेलेका सबै खेलमा गरेर २७ विकेट लिएका छन् । बङ्गलादेश प्रिमियर लिगमा सिल्हेट सिक्सर्सबाट खेलेको खेलमा सन्दीपले चार विकेट लिएका थिए । त्यस्तै यूएईसँगको तीन टि–२० सिरिजमा उनी पाँच विकेट लिन सफल भएका थिए ।

युएईसँगको सिरिजपछि पुनः अष्ट्रेलियाको बिग ब्यास लिग खेल्न गएका सन्दीपले ४ विकेट लिएका थिए । पाकिस्तान सुपर लिगमा सन्दीपले ११ विकेट लिए । जारी आइपिएलमा सुरुवाती दुई खेलमा तीन विकेट लिएपछि सन्दीपले २७ विकेट पुगाउदै यो कृतिमानी कायम गरेको हो ।
सन् २०१९ मा अफ्रिदीले २६, राशिद २५ र सकिबले २४ विकेट लिएका छन् । सन्दीप अहिले दिल्ली क्यापिटल्सबाट इन्डियन प्रिमियर लिग ९आइपिएल० खेलिरहेका छन् । उनले सोमबार रातिको लिगअन्तर्गत १३औँ खेलमा किङ्ग्स इलेभेन पञ्जाबसँग ४ ओभरमा २७ रन खर्चेर दुई विकेट लिएका थिए ।

प्रकाशित मिति : १९ चैत्र २०७५ मंगलबार ००:००  ७ : ५८ बजे