९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

कोहलपुरमा भेटिएको बम सेनाद्वारा निष्क्रिय



बाँके ।
कोहलपुरमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ। कोहलपुर नगरपालिका-११, दशबिघा नजिक फेला परेको प्रेसर कुकुर बम नेपाली सेनाको बम निष्क्रिय टोलीले निष्कृय पारेको हो।

विप्लब नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका क्रममा बिहीबार बिहान करिव ५ बजे मुख्य राजमार्ग नजिक शंकास्पद वस्तु फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। खबर पाएलगत्तै राँझास्थित नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेर डिस्पोज गरेको थियो। करिब २ घण्टाको प्रयासपछि सिद्धि बिनायक सामुदायिक वनमा लगेर बम डिस्पोज गरिएको बाँके प्रहरीले जनाएको छ।

प्रेसर कुकर बम डिस्पोज गर्ने क्रममा ठूलो आवाज आएको स्थानीयले जनाएका छन्। आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन समारोहका लागि राष्ट्रपति विद्यादेवी भण्डारी लगायतका विशिष्ट व्यक्ति बाँके आउने भएपछि नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्दको आह्वान गरेको जनाइएको छ । नेकपाले पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्ताको रिहाइको माग समेत गरेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७६ बिहिबार ००:००  १० : ०४ बजे