१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

आइपिएलमा हैदरावाद ४५ रनले विजयी, वार्नरको अन्तिम खेल



एजेन्सी ।
इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा गएराति सनराइजर्स हैदरावादले किँग्स इलाभेन पञ्जावलाई ४५ रनले पराजित गरेको छ। राजिब गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा घरेलु टोली हैदरावादले दिएको २१३ रनको लक्ष्य पछ्याएको पञ्जावले २० ओभरमा ८ विकेट गुमाएर १६७ रन मात्रै बनायो।
पञ्जावको लागि केएल राहुलले सर्वाधिक ७९ रन बनाए। मयन्क अग्रवालले २७ र निकोलास पुरनले २१ रन बनाउँदा क्रिस गेल ४ र कप्तान रबिचन्द्रन आश्विन विना रन आउट भएका थिए। यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको हैदरावादले ६ विकेट गुमाएर २१२ रन बनाएको थियो। उसका लागि प्लेयर अफ दि म्याच डेविड वार्नरले सर्वाधिक ८१ रनको योगदान दिए।
आइपीएलका जारी सिजनमा वार्नरको यो अन्तिम खेल हो। उनी विश्वकप क्रिकेटको तयारीका लागि अष्ट्रेलिया फर्कदैछन्। उनले यो सिजनको १२ खेलमा एक शतक र ८ अर्धशतकको मद्दतमा ६९२ रन बनाएका छन्। ।

प्रकाशित मिति : १७ बैशाख २०७६ मंगलबार ००:००  ७ : ४२ बजे