८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

धर्म ज्योति आधारभूत विद्यालयका ३० विद्यार्थीलाई छात्रवृति वितरण



राम अवतार चौधरी, कपिलवस्तु।
कपिलवस्तुको शिवराज नगरपालिका–३, भितरियामा रहेको श्री धर्म ज्योति आधारभूत विद्यालयले बिहिबार एक कार्यक्रमका बीच छात्रवृति वितरण गरेको छ । सोही विद्यालयमा अध्ययनरत दलित, जनजाति र अन्य गरि १ छात्र, २९ छात्रा, विद्यार्थीलाई रु।१२ हजार बराबरको छात्रवृति वितरण गरिएको हो ।
शिवराज नगरपालिका अन्र्तगत पर्ने धर्म ज्योति आधारभूत विद्यालय विकट स्थानको विद्यालय र एक दशकदेखि कक्षा १ देखि ५ सम्म सञ्चलानमा रहँदै आएको विद्यालयमा यसरी व्यवस्थापन समितिको उपस्थिति गरेर कार्यक्रमको आयोजना गरेकोमा अभिभावक संघका अध्यक्ष हर्जु थारुले खुलेरै प्रशंशा गरेका छन् ।
त्यसैगरी विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष उमा सापकोटाले विगतका दिन भन्दा भौतिकपूर्वाधार देखि लिएर विद्यालय आउने विद्यार्थीहरुको संख्यामा समेत वृद्धि भई निकै सुधार भएको दावी गरिन् ।
कार्यक्रम उमा सापकाटाको अध्यक्षता, समाजसेवी कष्ण भण्डारीको आतिथ्यिता, विद्यार्थी लगायत अभिभावकहरुको उपस्थिति र शिक्षक देवी प्रसाद बेल्बासेको सञ्चलानमा वितरण गरिएको प्रधानाध्यापक खगेन्द्र बेल्बासेले जानकारी गराए ।

प्रकाशित मिति : १३ असार २०७६ शुक्रबार ००:००  १२ : ३४ बजे