१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

भलवाडमा घुम्ती शिविर, गाउँमै नागरिकता पाएपछि नागरिक खुसी



बाबुराम रायमाझी, भलवाड ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ९ भलवाडमा घुम्ती शिविर मार्फत नागरिकता वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको आयोजनामा घुम्ती शिविर मार्फत भलवाडबासीलाई नागरिकता वितरण गरिएको छ ।

गाउँमै आएर नागरिकता वितरण भएपछि भलवडाबासी खुसीले गद्गद भएका छन् । घुम्ती शिविर अन्र्तगत राखिएको कार्यक्रममा ४४ जनाले नागरिकता पाएका हुन् ।

नागरिकलाई नागरिकता बनाउन सहज होस र प्रशासनको पहुँच वडा वडा सम्म रहोस भन्नका लागि घुम्ती शिविर अन्र्तगत नागरिकता र मतदाता परिचय पत्र बितरण गरिएको ईलाका प्रशासन कार्यालय बाणगंगाका प्रमुख बिक्रम शर्माले बताए ।

नागरिकता यसरी समय सापेक्ष वडा स्तरबाटै वितरण गर्दा राम्रो हुने वडा अध्यक्ष ध्रुव बेल्बासेले बताए । समय र पैसा खर्चेर नागरिकता बनाउन जितपुर चारनम्बर जानु भन्दा यही यसरी वडामै नागरिकता पाउदा निकै खुशी लागेको नागरिकता बनाउन आएकाहरुले बताएका छन् ।

प्रकाशित मिति : १३ असार २०७६ शुक्रबार ००:००  ८ : ०३ बजे