१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

वाणगंगा मावि गजेहडामा आई.एस.ई. एक्पो कार्यक्रम



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलबस्तु जिल्लाको वाणगंगा नगरपालिका स्थित वाणगंगा मा.वि, गजेहडाले एक कार्यक्रमबीच आई.एस.ई.परियोजना एक्पो कार्यक्रम सम्पन्न गरेको छ । आई.एस.ई. वर्ष २०१८/०१९ का लागि आवेदन गरिएको सो कार्यक्रमको पूर्ण तयारी पछि प्रदर्शनी राखिएको हो । वाणगंगा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष गणेश क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथिको रुपमा नगर प्रमुख मगंल प्रसाद थारु रहनुभएको थियो ।
बडाका अन्य सदस्यहरु तथा भर्खरै यसै मा.वि.बाट एसइइ परिक्षामा सम्मिलित भई ३.९ जि.पि.ए. सहित जिल्ला प्रथम हुन सफल छात्र अर्मृत पाण्डेको समेत आतिथ्यता रहेको कार्यक्रममा विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको उल्लेनीय सहभागिता रहेको थियो । सो अवसरमा विद्यालयले आफुले सम्पन्न गरेका १२ परियोजना कार्यको स्लाइड प्रिजिन्टेशन गरी अवगत गराएको थियो ।
सो कार्यक्रमका वोल्नु हुदै नगरप्रमुख मगंल प्रसाद थारुले विद्यालयले गरेको नमुुना कार्यको खुलेर प्रशंशा गर्नुभएको थियो । उहाँले भन्नुभयो, ‘यस मा.वि.ले अवलम्बन गरेको आई.एस.ई गतिविधिलाई नगरभित्रका अन्य विद्यालयहरुमा अनुसरण गरी शिक्षकको परम्परागत रुपमा रहेको भूमिकालाई प्रेरकको रुपमा रुपान्तर रुपान्तरण गर्नुपर्छ ।’

नगरपालिकाले शुरुबात गरेको फोहोरलाई मोहरमा रुपान्तर गर्ने कार्यकमलाई विद्यालयले पाठ्यक्रमबाटै विद्यार्थीहरुलाई सिकाएर प्रशंसायोग्य कार्य गरेको भन्दै विद्यालय परिवारप्रति कृतज्ञता व्यक्त गर्नु भएको थियो ।
सो अवसरमा विद्यार्थी अर्मृत पाण्डेले आफुहरुले आई.एस.ई. गतिविधिमा गरेको मेहनतले सार्थकता प्राप्त गर्ने विश्वास गर्नुभयो थियो । कार्यक्रमा अध्यक्ष गणेश क्षेत्रीले आफु विद्यालयको आई.एस.ई. गतिविधिमा धेरै पटक सहभागी भएको र परियोजना गतिविधिलाई आगामी दिनमा स्थाइत्व दिनको लागी आफनो वडाबाट पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । साथै  आई.एस.ई. अवार्डको लागि शुभकामना दिनुभएको थियो । विद्यालयको प्रधानाध्यापक राम प्रसाद भण्डारीले स्वागत गर्नु भएको सञ्चालन आई.एस.ई. क्वाडिनेटर गोविन्द पोख्रेलले गर्नुभएको थियो ।

प्रकाशित मिति : १३ असार २०७६ शुक्रबार ००:००  ८ : १५ बजे