१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

कोरियन भाषा परिक्षामा भ्यू ग्लोवलको राम्रो नतिजा



मायादेवी अनलाइन, वाणगंगा ।
शैक्षिक गतिविधिको चर्चित संस्था भ्यू ग्लोवल मल्टि प्रपोज प्रा.लि.ले शनिबार सार्वजनिक भएको कोरियन भाषा परिक्षामा राम्रो नतिजा ल्याएको छ । चारनम्बर जीतपुर स्थित भ्यू ग्लोवलमा भाषा पढेर परिक्षा दिएका परिक्षार्थी मध्ये ४५ प्रतिशत परिक्षार्थी उत्त्रीर्ण भएको प्रा.लि.का प्रबन्ध निर्देशक विष्णु प्रसाद भट्राईले जानकारी दिनुभयो ।
कोरियन भाषा परिक्षामा कृषि र कम्पनी तर्फ परिक्षा दिन पाइन्छ । जसमा कम्पनी तर्फ परिक्षा दिने परिक्षार्थी ६० प्रतिशत उत्त्रीर्ण भएका छन् । आफ्नो इन्चिच्युटले कोरियन भाषा परिक्षामा पहिलो पटक पढाएको र त्यसमा पनि राम्रो नतिजा ल्याउन सफल भएकोमा भट्टराईले खुसी व्यक्त गर्नुभयो ।
यो खुसीको क्षणमा महत्वपूर्ण योगदान दिने भाषा शिक्षक कमल भट्टराई र सुरज भट्टराईलाई उहाँले धन्यवाद दिनुभएको छ । यसैगरी रातदिन मेहनत गरि उत्त्रीर्ण हुने परिक्षार्थी प्रति पनि उहाँले आभार प्रकट गर्नुभएको छ ।
अहिलेको नतिजाले आफुहरुलाई उत्साहित बनाएको भन्दै अब यो बर्ष पनि भाषा परिक्षाको लागि छिट्टै आवेदन खुल्ने उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १४ असार २०७६ शनिबार ००:००  ९ : १३ बजे