४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

छोरी बलात्कार गर्ने बाबुलाई जन्मकैदको सजाय



रुकुम ।
आफ्नै छोरीलाई बलात्कार गर्ने रुकुम पश्चिमका एक ब्यक्तिलाई जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ। जिल्लाको सानीभेरी गाउँपालिकाका ३४ वर्षीय एक ब्यक्तिले आफ्नै १७ वर्षीय छोरीलाई बलात्कार गरेको आरोपमा गत चैत चार गते पक्राउ गरिएको थियो। आइतबार जिल्ला न्यायाधीश आत्मदेव जोशीको इजलासले छोरीलाई बलात्कार गरेको ठहर गर्दै जन्म कैदनको फैसला गरेको अदालतका श्रेस्तेदार शिवहरि सुवेदीले जानकारी दिए । छोरीलाई आफूले पटक पटक बलात्कार गर्दै आएको उनले अदालतमा स्वीकार गरेको बताइएको छ।

प्रकाशित मिति : ३० असार २०७६ सोमबार ००:००  ५ : ४७ बजे