६ भदौ २०८३, शनिबार | Sat Aug 22 2026

लोकसेवाविरुद्ध माइतीघरमा आदिवासी जनजातिको प्रदर्शन



काठमाडौं ।
लोकसेवा आयोगले संविधानमा व्यवस्था गरिएको समावेसी सिद्धान्तलाई बेवास्ता गर्दै कर्मचारी भर्ना गर्न लागेको आरोप लगाउँदै आदिवासी जनजातिहरुले काठमाडौंमा प्रदर्शन गरेका छन्। जनजाति महासंघसहितका संगठनले विरोध प्रदर्शन गरेका हुन्। जनजाति संगठनहरुले बानेश्वरतर्फ ल्याएको जुलुस माइती घरमा जम्मा भएका थिए। लोकसेवा आयोगले निजामती कर्मचारी भर्नाका लागि गरेको दरखास्त आव्हान संविधान विपरित रहेको उनट्ठीहरुको जिकिर छ। संविधानविपरित भन्दै परेका रिटमा सर्वोच्चले यसअघि नै लोकसेवाको पक्षमा अन्तरिम आदेश दिइसकेको छ। संसदको राज्य व्यवस्था समितिले असमावेसी भएको भन्दै समावेसी सिद्धान्तका आधारमा विज्ञापन आव्हान गर्न भनेको थियो। तर संघीय व्यवस्था तथा सामान्य प्रशासन मन्त्रालयले उक्त कुरालाई अस्वीकार गरिसकेको छ ।

प्रकाशित मिति : ३१ असार २०७६ मंगलबार ००:००  २ : ३७ बजे