४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

पानीमा तैरिरहेको अवस्थामा वृद्धको शव फेला



झापा ।
दमक नगरपालिका–२ स्थित ठूलो पैनीमा एक वद्धको शव फेला परेको छ। सोही ठाउँक ७८ वर्षीय धनबहादुर नेपालीको शव पानीमा तैरिरहेको अवस्थामा मंगलबार बिहान फेला परेको हो। नेपाली तीन दिनदेखि परिवारको सम्पर्कमा नरहेको पारिवारिक स्रोतले बताएको छ। स्थानीयले बिहान पैनीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय दमकबाट गएको प्रहरीको टोलीले शवको मुचुल्का तयार गरी पोष्टमार्टमाका लागि दमक अस्पताल पठाएको छ। नेपालीको पानीले बगाएर मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका डिएसपी श्यामल सुब्बाले जानकारी दिए।

प्रकाशित मिति : ७ श्रावण २०७६ मंगलबार ००:००  २ : ३३ बजे