१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

दोर्दी खोलामा बाढी, दुईको मृत्यु



लमजुङ ।
अविरल वर्षापछि दोर्दी खोलामा बाढी आउँदा भौतिक तथा मानवीय क्षति भएको छ। अहिलेसम्मको जानकारी अनुसार बाढीमा परेर दुई जनाको मृत्य भएको छ भने १३ जना कामदार बेपत्ता भएका छन्। दोर्दी गाउँपालिका ६ ढोडेनी क्षेत्रमा दिउँसो करिब ३ बजेतिर भीषण बाढी आएको थियो। दोर्दी गाउँपालिका अध्यक्ष ओमबहादुर घलेका अनुसार नौथर शेरामा दुई शव निकालिएको छ। बाढीमा परी मृत्यु हुनेमा माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्यमा खटिएको कामदार हुनसक्ने स्थानीय डिल्लीराम भारतीले बताए। अहिलेसम्म शवको पहिचान हुन सकेको छैन। स्थानीयका अनुसार ७५ प्रतिशत पूरा भएको २५ मेगावाटको माथिल्लो दोर्दी खोला जलविद्युत आयोजनामा कार्यरत १३ जना कामदार बेपत्ता रहेका छन्। साथै जलविद्युत आयोजनमा समेत क्षति पुगेको छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरिरहेको प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए। उनका अनुसार बाढीबाट हताहत भए पनि मानवीय र भौतिक क्षति आउन बाँकी छ।

प्रकाशित मिति : ८ श्रावण २०७६ बुधबार ००:००  ६ : ४६ बजे